शिवम् सिमेन्ट्सले शेयरधनीलाई चुक्ता पुँजीको २४.२१% नगल लाभांश दिने |
काठमाडौं । शिवम् सिमिन्ट्स लिमिटेडले आ.व. २०७६/०७७ को पाँचौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शिवम् सिमेन्ट्स लिमिटेडको आ.व. २०७६/०७७ को वार्षिक साधारण सभा कार्तिक २४ गते भर्चुअलमाध्यामबाट गरेको हो ।
कम्पनीे संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्दै कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजी रु. ४ अर्व ४० करोड को २४.२१ (चौविस दशमवलव दुई एक) प्रतिशतका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण, आ.व. २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतीले पारित गर्ने निर्णय गर्दै ५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको जनाएको छ ।
कम्पनी सञ्चालक समितिका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न उक्त सभामा शेयरधनीहरुको सक्रियता पूर्वक सहभागिता रहेको थियो । उक्त सभामा शेयरधनीहरुले व्यक्त गरेका राय, सुझाव, टिप्पणी, जिज्ञासाहरुलाई सञ्चालक समितिको तर्फबाट अध्यक्षले जवाफ दिएका थिए ।


