महराले माला ओढाएर पत्नीलाई अन्तिम विदाइ गरे |
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरेका छन् ।
कोरोना पोजेटिभ देखिएकी निमोनियालगायतबाट पीडित सीताको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।
सीताको शव नेपाली सेनाले व्यवस्थापन गरेको हो । दाङमा उपचार सम्भव नभएपछि गत कात्तिक १४ गते हेलिकप्टरमा राखेर सीतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। उपचारकै क्रममा रहँदा उनमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो ।

बुधबार पशुपति आर्यघाटमा महराले पत्नीलाई अन्तिम विदाइ गरेका हुन् । महरा परिवार आज नै दाङ जाँदैछन् ।
दाङमा छोरा एटमको घरमा काजकिरिया गर्ने तयारी उनीहरूको छ ।






