एकैदिन थपिए ३३०९ कोरोना संक्रमित, उपत्यकाका १८७८ जना, थप ३० जनाको मृत्यु |
काठमाडौं । बुधबार तीन हजार ३०९ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै देशभरमा संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।
आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ८७८ जना रहेका छन् । काठमाडौंका एक हजार ५७० जना , ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना गरी सो संख्या पुगेको हो ।
पछिल्लो २४ घण्टामा कोरोना निको भएर तीन हजार ८४४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा एक लाख ४४ हजार ९७८ जना कोरोना मुक्त भइसकेका छन् ।
हाल देशभरमा कवारेन्टिनमा एक हजार ३०५ जना छन् भने संस्थागत आइसोलेसनमा ६ हजार ७८० जना र होम आइसोलेसनमा ३० हजार १३१ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण भएको छ । अहिलेसम्म मुलुकमा कुल १४ लाख ९४ हजार १२२ परीक्षण भइसकेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ।




