दसैंमा खल्तीले ल्यायो दुई जोडीको लागि माउन्ट एभरेष्टमा ब्रेकफास्ट अफर |
काठमाडौं । नेपालको लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दसैंको उपलक्ष्यमा खल्तीको माध्यमबाट हवाइ टिकट खरिद गर्ने ग्राहकलाई हुने गरी ‘खल्तीको डिजिटल खुसियाली एभरेष्टमा ब्रेकफास्ट’ अफर ल्याएको छ ।
एभरेष्टमा ब्रेकफास्ट अफरमा भाग लिन खल्तीबाट प्लेनको टिकट खरिद गर्दा एक सय रूपैयाँभन्दा बढी भुक्तानी गरे पुग्छ। यसरी भुक्तानी गर्ने मध्ये एक–एक जना गरी दुई भाग्यशाली बिजेता छानिने छन् ।
दुइ भाग्यशाली बिजेताले आफु र आफ्नोको लागि सगरमाथामा गइ ब्रेकफास्ट गर्ने अवसर पाउने छन् । त्यस प्याकेजमा लुक्ला जान र आउन दुईतर्फी प्लेनको टिकट, ट्रेकबारे जानकारी, लुक्लाबाट नाम्चे बजारको ट्रेक, बस्ने व्यवस्था र ब्रेकफास्टको सुविधा उपलब्ध हुनेछ ।
यस अफरका लागि मङ्सिर ५ गते राति १२ बजेसम्म टिकट किन्नु पर्नेछ । साथै बिजेताको घोषणा ७ दिनपछि खल्तीको औपचारिक फेसबुक पेजमा लाइभमार्फत हुनेछ ।
यो अफर नेपालमा बस्नेहरु जसको उमेर १८ वर्ष र त्योभन्दा माथि भएकाहरुका लागि मात्र मान्य हुनेछ। यसमा सहभागी हुन कुनै प्रकारको शुल्क लाग्ने छैन।


