ग्लोबल आइएमइ बैंकको तीन शाखारहित बैंकिङ सेवा सुरु |
काठमाडौं । ग्लोबल आइएमइ बैंकले तीन शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले पाल्पाको सत्यवती, रौतहटको कटहरीया र गुल्मीको अर्जेमा उक्त सेवा सुरु गरेको हो ।
यससँगै बैंकको यो सेवा संख्या २२५ पुगेको छ । सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा स्थानीय छवि सरा सिंजालीलाई नियुक्त गरिएको छ ।
कटहरीया शाखाको प्रतिनिधिमा स्थानीय महमद जलालुदीन हक छन् । त्यसैगरी, अर्जेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिमा स्थानीय भरत पराजुलीलाई नियुक्त गरिएको छ ।
यी सेवाबाट निक्षेप खाता खोल्न, तोकिएको सीमासम्मको रकम जम्मा गर्न तथा झिक्न आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्न सकिन्छ ।
यो बैंकको हालसम्म २५९ शाखा, २३४ एटिएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २२५ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधी सम्पर्क कार्यालय छन् ।


