काठमाडौं उपत्यकामा १५९९ संक्रमित थपिए |
काठमाडौं । आज काठमाडौं उपत्यकामा एक हजार ५९९ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंका एक हजार ३७३ जना , ललितपुरका १८७ जना र भक्तपुरका ३९ जना रहेका छन् ।
देशभर दुई हजार २५३ जना कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ । यीमध्ये सक्रिय संक्रमित २२ हजार २१९ जना रहेका छन् ।
यसैगरी पछिल्लो एक दिनमा कोरोना मुक्त हुनेको संख्या एक हजार ३२९ रहेको छ भन नेपालमा हालसम्म ६४ हजार ६९ जनाले कोरोना जितिसकेका छन् । हाल क्वारेन्टिनमा चार हजार २०३ जना र संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । पछिल्लो एक दिनमा १२ हजार ७८४ पीसीआर परीक्षण भएको छ । नेपालमा हालसम्म १० लाख ७४ हजार ४४८ पीसीआर परीक्षण भइसकेको छ ।



