२२५३ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु |
काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । आज १२ हजार ७८४ जनाको पीसीआर भएको छ ।
यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यसैगरी कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।



