बडादशैंमा सानिमा बैंकको निːशुल्क क्रेडिट कार्ड |
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा सानिमा बैंकले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निːशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।
यो योजना १२ आश्विन देखि आश्विन मसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुनेछ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) भुक्तानीको व्यवस्था गर्न सकिनेछ । यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल (online shopping portal) दराजमा तीन हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा पाँच सय रुपैयाँको निːशुल्क भौचर समेत प्राप्त गर्न सक्नेछन् ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlet), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरणको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा लगईन गर्न सकिने कम्पनीको विज्ञेप्तिमा उल्लेख छ ।



