८ हजार एसएमईहरू दराज सहयात्री कार्यक्रममार्फत अनलाइनमा |
काठमाडौं । साना र मध्यम आकारका उद्यमहरूलाइ (एसएमई) समर्थन गर्न सुरु गरिएको दराजको सहयात्री कार्यक्रममा सहभागी हुन ८ हजारभन्दा बढी एसएमईहरुले दर्ता गरेका थिए । ति मध्ये२१०० भन्दा बढी एसएमईहरु दराजमार्फत व्यवसाय सन्चालन गर्न सफल भएका छन् भने अरु सन्चालनमा आउने प्रक्रियामा छन् ।
कार्यक्रम अन्तर्गत, दराजले चारमहिनाको कमिसन शुल्क हटाई विक्रेताहरुलाई देश भरिका ७ लाख भन्दा बढी ग्राहकहरु सम्म निशुल्क पहुँच प्रदान गर्यो र लगभग रु ५५ लाख को आर्थीक सहायता प्रदान गरेको थियो ।
यसबाहेक, दराजले एसएमईहरुलाई निःशुल्क व्यवसाय परामर्श, र दराज युनिभर्सिटीमार्फत इकमर्स शिक्षा र प्रशिक्षण प्रदान गरेको थियो ।
“सहयात्री मार्फत हामीले जति पनि सहयोग पुराउन सकेको छौँ त्यसप्रति हामी खुसी छौं तर अझै धेरै कुराहरु गर्न बाँकी छन् । एसएमई क्षेत्रलाई अझै बढी सहयोगको आवश्यकता छ र हामी साना व्यवसायहरुको सशक्तिकरणको कार्य जारी राख्नेछौं,” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने ।
सहयात्री कार्यक्रमले “डिजिटल युगमा व्यापार गर्न सजिलो बनाउने” दराजको मिशनलाइ पूर्ण समर्थन गर्दछ । अहिले दराजमा ६००० भन्दा बढी विक्रेताहरूको बढ्दो समुदायछ र ५ लाखभन्दा बढी उत्पादनहरू उपलब्ध छन्। यी नयाँ विक्रेताहरू अब दराज शपउत्सवको लागि तयारी गरिरहेका छन् जसमा दराजका सबै भन्दा ठुला सेल अभियानहरु : दशैं धामाका, ११.११ र १२.१२ समावेश छन् ।


