थप १ हजार ४९७ जनामा कोरोना पुष्टि, १७ को मृत्यु |
काठमाडौं । बिहीबार थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ ।
यस अवधिमा कोरोनाबाट ४५७ जना निको भएका छन् । हालसम्म ५० हजार ४११ जना कोरोनाबाट निको भएको गौतमले बताए । मन्त्रालयका अनुसार अहिले देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै मृतक थप १७ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म मृतक ४५३ जनामा कोरोना पुष्टि भएको छ ।
यस दिन कुल ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।


