समाज लघुवित्त मर्जरमा जाने, तत्काल कारोबार नहुने |
काठमाडौं । भखरै आईपीओ निष्काशन गरेको समाज लघुवित्त मर्जरमा जाने भएको छ । समाज लघुवित्त र स्वस्तिक लघुवित्त संख्था बीच मर्जरमा जाने भएको हो ।
सर्लाहीको मलंगवामा रहेको समाज लघुवित्त र सिरहाको लहानमा रहेको स्वस्तिक लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएको छ ।
समाज लघुवित्तको आईपीओ नेप्सेमा सूचीकरणको अन्तिम तयारीमा रहेको छ । लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएपनि मर्जर जाने सम्झौता गरेकोले तत्काल दोस्रो बजारमा कारोबार भने हुन पाउनेछैन् ।
समाज लघुवित्तले सार्वसाधारणको लागि आईपीओ निष्काशन गरिसकेको छ भने स्वस्तिकले आईपीओ निष्काशन गरेको छैन् । दुइ लघुवित्त मर्जरमा जाने भएपछि समाजले एफपीओ निष्काशन गर्नेछ ।


