कालीमाटी र बल्खु तरकारी बजारमा आपूर्तिमन्त्रीको स्थलगत अनुगमन | प्याजमा कालोबजारी गर्ने ७ वटा पसल सिल
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गरेका छन् । प्याजको मूल्यमा चर्को कालाबजारी भएको गुनासो उपभोक्ताले गरेपछि बुधबार बिहान छड्के अनुगमन गरिएको हो ।
नचिनिने गरी बजार पुगेका मन्त्री भट्टले बल्खुका ७ वटा पसलमा प्याजको मूल्य अनुगमन गरेका थिए । ति पसलहरुमा अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याज एक सय १० रुपैयाँमा बिक्री भइरहेको पाइएको छ ।
प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको जस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरिएको र आवश्याक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको छ ।
बजारमा प्याजको मूल्यमा मनपरी भएको पाइएपछि अनुगमनका लागि वाणिज्य विभागलाई सक्रिय पारिएको मन्त्रालयले जनाएको छ ।


