मेटलाइफले ल्यायो ‘नयाँ ग्राहक सेवा एप’ |
काठमाडौं । मेटलाइफले नयाँ ग्राहक सेवा एप ल्याएको छ । ग्राहकलाई बीमासम्बन्धी सेवा थप सजिलो बनाउन र आफ्नो बीमा पोलिसी व्यवस्थापन गर्न मेटालाइफले उक्त एप ल्याएको हो ।
नयाँ ग्राहक सेवा एपले ग्राहकलाई घरमै बसेर मोबाइलमार्फत मेटलाइफको विभिन्न सेवाहरु लिनसक्ने छन् । सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भर्चुअल कार्यक्रममार्फत सो एपको लंच भएको हो ।
एकपटक ग्राहकले यो एपलाई लगइन गरेपछि आफ्नो बीमा पोलिसीको स्थिती, कुल प्रीमियम भुक्तान गरिएकोबारे जानकारी लिन सक्छन् । साथै भुक्तानी गरिएको प्रीमियम किस्ता, उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरणलगायत जानकारी लिन सक्छन् ।
मेटलाइफ नेपालको एपमा सम्पर्क विवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ । नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपबाट मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्ने बताइएको छ ।
ग्राहकहरुले सोधका विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन् । त्यस एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ । जसअन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरुबारे बुझ्न सक्छन् ।
मेटलाइफ नेपाली ग्राहकहरुका लागि डिजिटल क्षमता विस्तार गर्न प्रतिबद्ध रहेको मेटलाइफका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले बताए ।


