एलजीले ल्यायो ‘अपग्रेड टु हेल्दी लाईफ स्टाईल’ अफर |
काठमाडौं । एलजी नेपालले अपग्रेड टु हेल्दी लाईफ स्टाईल अफर ल्याएको छ । यस अफरअन्तर्गत एलजीको कुनैपनि घरायसी सामग्री किन्दा ४० प्रतिशत छुट दिइएको छ। साथै आकर्षक उपहारहरु प्रदान गरिएको छ ।
उक्त अफरमा साईड बाई साईड रेफ्रीजेरेटर किन्दा एलजीको माईक्रोवेभ वोभन, डबल डोर रेफ्रिजेरेटर किन्दा मिक्चर, ८ केजी सम्मको फ्रन्टलोड वासिङमेसिन किन्दा पिजनको गिफ्ट सेट, ९ केजी भन्दा माथि र वासर ड्रायर वासिङमेसिन किन्दा पिजनको इन्डक्सन कुकर, टपलोड वासिङ मेसिन किन्दा पिजनको आईरन, डिस वासर किन्दा पिजनको गिफ्ट सेट, एसी खरिदमा फ्रि जडान उपहारहरु पाइनेछ ।
साथै एलजीले टिभी म्युजिक सिस्टम, भ्याकुम क्ल्निर, सिङगल डोर रेफ्रिजेरेटर र एयर प्युरिफायरको किन्दा ४० प्रतिशत सम्म क्यास ब्याक पनि प्रदान गरेको छ ।
यो अफर भदौ २८ गतेदेखि सिमित अवधिका लागि नेपालभरी लागू गरिएको कम्पनीले बताएको छ । एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्राली रहेको छ ।


