ललितपुरमा भक्तपुरका दुई र काठमाडौंका एक गरी तीन कोरोना संक्रमितको मृत्यु |
काठमाडौं । ललितपुरमा कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय पुरुषको शनिबार बिहान ७ː४० बजे मृत्यु भएको छ । उनी भदौ २६ गते अस्पताल भर्ना भएका थिए ।
यस्तै, शनिबार बिहान २ बजे पाटन अस्पतालमा काठमाडौंका ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी भदौ १९ गतेदेखि अस्पताल भर्ना भएका थिए ।
पाटन अस्पतालमै भक्तपुरका ७२ वर्षीय वृद्धको मृत्यु भएको छ। उनको शुक्रबार राति पौने १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनी भदौ १७ गतेदेखि भर्ना भएका थिए ।
Visited 1 times, 1 visit(s) today


