नयाँ ब्राण्डको इलेक्ट्रिक स्कुटर ‘पियोर इभी’ नेपाल आउँदै |
काठमाडौं । अर्को महिना भारतिय इलेक्ट्रिक स्कुटर ब्राण्ड नेपाल आउने भएकाे छ। ‘पियोर इभी’ ब्राण्डलाई ह्वाइट लोटस मोटर्स प्रालीले नेपाल भित्राउन लागेको हो ।
असोजको तेस्रो साता औपचारिक रुपमा स्कुटर सार्वजनिक गर्ने तयारी रहेको कम्पनीका म्यानेजिङ डाइरेक्टर असोक खड्कीले जानकारी दिए । पहिलो चरणमा राजधानीको नक्साल र जावलाखेलमा तथा दशैं अगाडिसम्म चितवन, कावासोती र बुटवलमा शोरुम स्थापना गरिने खड्कीले बताए ।
‘देशका मूख्य शहरका १५ ठाउँमा शोरुम स्थापना गरेर १ वर्ष भित्र नेपालको नम्बर १ ब्राण्ड बनाउने लक्ष्य छ,’ खड्कीले भने ।
उनकाअनुसार कम्पनीले शोरुम बनाउनु भन्दा पहिले सर्भिस सेन्टर स्थापना गरेको ।
‘नेपालमा यस्ता धेरै कम्पनी आए तर विक्रीपछिको सेवा नपाउँदा ग्राहकले सधैं सास्ती खेप्नुपर्यो । त्यसैले हामी शोरुम भन्दा पहिले बबरमहलमा सर्भिस सेन्टर बनाएका छौं। तीन सय भन्दा धेरैलाई पुग्ने स्पेयर पाट्स पनि ल्याइसकेका छौं।’ खड्कीले भने ।
त्यसैगरी सर्भिसिङको विज्ञता हासिल गर्न आफ्ना इन्जिनियरलाई तालिमको लागि भारत पठाउन लागेको उनले जानकारी दिए ।
पियोर इभी भारतमा बन्ने भएकोले नेपालको बाटो सुहाउँदो हुने उनको दावी छ । खड्कीकाअनुसार यो स्कुटर भारतमा एसेम्बल मात्र नभई सबै पार्टस भारतमै बन्छ ।
यो ब्राण्ड एआरएआई सर्टिफाइड भएकोले गुणस्तरमा कुनै सम्झौता नभएको उनी बताउँछन् । कम्पनीले पहिलो चरणमा २ वटा मोडलका स्कुटर भित्राउने तयारी गरेको छ ।
७ जी मोडलका स्कुटरमा २५ किलोवाटको ब्याट्री र १५० वा


