अब अनलाइनबाटै ज्योतीषीय कर्मकाण्ड |
काठमाडौं । ज्योतीषीय कर्मकाण्ड अब अनलाइनबाटै हुने भएको छ । कार्जे डटकमले देशभर कोरोना भाइरस महामारीका बेला आफ्नो सेवा शुरु गरेको हो । यसका संस्थापक अध्यक्ष गुरु भण्डारी रहेका छन् ।
यो एप्स मार्फत् अब घरमै बसेर जन्मदेखि मृत्युसम्मका सम्पूर्ण पूजा सामाग्रीहरु, आवश्यक व्राह्मण तथा पण्डितहरुको अर्डर, ग्राहकको अनुकूल हेरि अनलाइनबाटै कर्मकाण्ड गराउन सकिनेछ । साथै ,ज्योतिष बास्तु सम्बन्धि सम्पूर्ण जिज्ञासाको समाधान गर्न र ज्योतीषीय चिना टिप्पनहरु बनाउनको लागि अर्डर गर्न सकिने भण्डारीले बताए ।
यो एप्सबाट नेपालभर मात्र नभइ विश्वभरि छरिएर रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुलाई सहयोग पुग्ने कुरालाई मध्यनजर गरेर यो एप्स सञ्चालनमा ल्याइएको उनले बताए । यो सेवा लिनका लागि गुगलमा गएर सर्च गर्न वा मोबाइल फोनमा एप्स डाउनलोड गरि लग इन गरि अर्डर गर्न सकिने छ ।
उनले यो एप्सबाट पूजा सामग्रीमात्र र पण्डित तथा पूजा सामग्री दुबै सुविधा लिन सकिने जानकारी दिए ।
Visited 2 times, 1 visit(s) today


