तीन लघुवित्तले मर्जर पश्चात भदौ २२ गतेदेखि एकिकृत कारोबार शुरु गर्दै |
काठमाडौं । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले मर्जर पश्चात भदौ २२ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन् । यी तीन लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन् ।
लघुवित्तले नेपाल राष्ट्र बैंकको साउन २६ गते एकिकृत कारोबारका लागि अन्तिम स्वीकृती प्राप्त गरेको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत स्वीकृती प्राप्त गरिसकेको छ ।
भदौ २२ गतेदेखि एकिकृत कारोबार शुरु गरिने हुँदा डाटा माइग्रेशन प्रयोजनको लागि भदौ १९, २० र २१ गते तीनवटै वित्तीय संस्थाहरुले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द हुनेछ ।



