गोदरेजद्वारा ट्राफिक प्रहरीलाई फेस सिल्ड हस्तान्तरण |
काठमाडौं । गोदरेज कंज्युमर प्रोडक्टस लिमिटेड (जीसीपीएल) नेपालले ट्राफिक प्रहरीलाई १ हजार ५० थान फेस सिल्ड सहयोग गरेको छ। यस कोरानाको महामारीको विच ट्राफिक प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विहीवार कम्पनिले उक्त फेस सिल्ड हस्तान्तरण गरेको हो ।
गोदरेज नेपाल, समाज र देशप्रति सधैँ उत्तरदायी भएको र कोभिड १९ मात्र नभएर राष्ट्रमा परि आउने जुनसुकै विषम परिस्थितिमा पनि सधैँ साथ रहिरहने प्रतिवद्धता रहेको कम्पनीका प्रतिनिधि ले बताए ।
कोरोना महामारीको विचमा पनि गोदरेजले सरसफाइ तथा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मास्क, स्यानिटाइजर लगायत अन्य डिसइन्फेक्ट लिक्विडहरु पनि बजारमा भित्राएको छ ।
जनस्वास्थ्यको ख्याल राख्दै गोदरेजले यसअघि पनि काठमार्डौका विभिन्न ४४ अस्पतालहरु र ४७ प्रहरी कार्यलयहरुमा विभिन्न स्वास्थ्य सामग्रीहरुको पनि वितरण गरेका थियो । त्यस्तै ३ हजार ८ सय २० गोदरेज नं १ साबुन र २ हजार ७ सय ५० गुडनाइट अक्टा कोइल काठमाडौँका विभिन्न समुदायहरुमा वितरण गरेको थियो। यसविच गोदरेज नेपालले भिमढुगांको वडा नं ८ र काठमाडौँ जिल्लाका ३ सय परिवारलाई लकडाउनको समयमा राहत सामाग्री पनि वितरण गरेको थियो ।
गोदरेजले नेपाली बजारमा गोदरेज नं १ साबुन, गुडनाइट, हिट, हेयर कलर लगायतका थुप्रै प्रसिद्ध घरेलु तथा स्किन केयर उत्पादनहरु विक्री गर्दै आइरहेको छ ।


