६३४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा २१६ जना |
काठमाडौं । शनिबार ६३४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणको पुष्टि हुनेको संख्या ३१ हजार ११७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित १२ हजार ६२१ रहेका छन् ।
आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २१६ जना छन् । तीमध्ये काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जना हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुने १३६ जना छन् । हालसम्म देशभरमा कोरोना मुक्त हुनेको कुल संख्या १८ हजार ३५० रहेको छ ।


