उपत्यका भित्रका मालपोत कार्यालयहरुमा अत्यावश्यक बाहेकका सेवा बन्द |
काठमाडौं । काठमाडौं उपत्यकामा रहेका मालपोत तथा भूमिसुधार कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।
कोभिड १९ को संक्रमण जोखिम रहेको भन्दै त्यहाँबाट दिइने सेवा भदौ १५ गतेसम्म बन्द भएका हुन् ।
यो बीचमा प्रशासनिक तथा आन्तरिक काम भने जारी रहने भूमी व्यवस्थापन तथा अभिलेखन विभागले जानकारी दिएको छ । विभागले सूचना जारी गर्दै भीडभाड धेरै भएकाले सेवा बन्द गरिएको बताएको छ ।
उपत्यका बाहिरका कार्यालयहरुको सेवा प्रदेश सरकाररस्थानीय प्रशासनसँगको समन्वयमा सञ्चालन गराउने तथा नगराउन निर्णय गर्नुपर्ने छ ।
मालपोत बन्द हुँदा घरजग्गाको कारोबार पनि तत्कालका लागि प्रभावित हुने भएको छ ।


