युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३ करोड ४१ लाख रुपैयाँ |
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार इन्स्योरेन्सले ३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६०.८५ प्रतिशत अर्थात १ करोड २८ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद बीमाशुल्कसंगै अन्य आम्दानी बढेपछि कम्पनीकाु खुद नाफामा बढेको हो । यस अवधिमा कम्पनीले ३१ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८ करोड ७२ लाख रुपैयाँले बढी हो ।अघिल्लो आर्थिक वर्षमा कम्पनीले २३ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशनबाट ७ करोड १५ लाख र लगानी कर्था तथा अन्य आयबाट ४ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ७ करोड ५२ लाख रुपैयाँ, बीमा कोषमा ३० करोड ८० लाख रुपैयाँ र महाविपत्ती जगेडामा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित छ ।
इन्स्योरेन्स्को वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात १११.५३ गुणा रहेको छ ।
यस अवधिसम्ममा इन्स्योरेन्सले ९० हजार ७९३ वटा बीमालेख जारी गरी कुल ६५ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस अवधिसम्ममा इन्स्योरेन्सले २ हजार ४२ वटा दाबी वापत २२ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक हजार ९१४ वटा दाबी वापत ४३ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


