सिटिजन्स बैंकको नाफा १ अर्ब ११ करोड |
काठमाडौं । सिटिजन बैंक इन्टरनेशनलले गएको आर्थिक वर्षभर १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ ।
आर्थिक वर्ष २०७६∕७७ को अन्तिम त्राइमासको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो वर्षको तुलनामा न्यून भएको हो । उच्च नोक्सानी व्यवस्थापनका लागि खर्च गर्नुपर्दा नाफामा गिरावट आएको बैंकले प्रष्ट पारेको छ । बैंकले अघिल्लो वर्ष १ अर्ब ४६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा भने ८२ करोड ४० लाख रुपैयाँमात्र छ । निक्षेप संकलन, ऋण परिचालन तथा ब्याज आम्दानी बढेपनि बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको तुलनामा घटेको छ ।
२५ प्रतिशतले निक्षेप बढाएर ८८ अर्ब संकलन गरेको बैंकले २५ प्रतिशतले नै बढाएर ७९ अर्ब ऋण परिचालन गरेको छ । बैंकको ब्याज आम्दानी ७ प्रतिशतले बढेको छ भने दिने ब्याज पनि २ प्रतिशतले बढेको छ । बैंकको नोक्सानी व्यवस्थापनका लागि भने यो वर्ष ६७ करोड खर्च भएको छ ।
बैंकको खराब कर्जा १.४६ प्रतिशतमा पुगेको छ । ८ प्रतिशत बढाएर ९ अर्ब ८ करोड चुक्ता पुँजी पुर्याेएको बैंकको प्रतिशेयर आम्दानी १२.२८ रुपैयाँ रहेको छ ।


