शाओमीले ल्यायो पारदर्शी डिस्प्ले भएको टिभी |
काठमाडौं । चिनियाँ इलोक्ट्रोनिक्स निर्माता शाओमीले पारदर्शी डिस्प्ले भएको टिभी सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्नो १० औं वार्षिकोत्सवको अवसर उक्त टिभी सार्वजनिक गरेको हो। अहिलेका लागि चिनियाँ बजारमा मात्र उपलब्ध हुने यसलाई मी टीभी लक्सको पारदर्शी संस्करण नाम दिइएको छ ।
चिनियाँ बजारमा अगष्ट १६ देखि यसको बिक्री हुने कम्पनीले जानकारी दिएको छ। शाओमीले यो मास प्रडक्सन भएको पारदर्शी टिभी संसारकै पहिलो भएको दाबी गरेको छ ।
यो टिभी मी युआइ अपरेटिङ सिस्टममा चल्ने छ।


