कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य सामाग्री वितरण |
काठमाडौं । कतार च्यारिटी र इस्लामिक रिलिफले कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका छन् । दुवै गैह्र सरकारी संस्था मिलेर तराईका ४ जिल्लाका ८० क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका हुन् ।
बिशेषगरि भारतबाट आएका नेपालीहरुलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २० २० वाट क्वारेन्टाइनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए ।


