भारतीय प्रधानमन्त्री मोदीले किसानका लागि जारी गरे एक लाख करोडको फण्ड |
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि क्षेत्रको विकासका लागि एक लाख करोड भारतीय रुपैयाँको फण्ड जारी गरेका छन् । यसका अलावा पीएम किसान योजनाको छैठौँ किस्ताका रुपमा साढे ८ करोड ५० लाख किसानको खातामा १७ हजार करोड भारु ट्रान्सफर गरिएको छ ।
जुलाईमा कृषि आधारभूत ढाँचाका लागि भारतीय सरकारले सहुलियत ऋणको विस्तार गर्नका लागि एक लाख करोडको कोषका साथै कृषि इन्फ्रास्ट्रक्चर फण्डको स्थापनालाई पनि स्वीकृती दिएको थियो ।
कृषि इन्फ्रास्ट्रक्चर फण्ड कोरोना भाइरस महारीसँग लड्नका लागि वित्त मन्त्री निर्मला सीतारमणद्धारा पेश गरिएको २० लाख करोड रुपयाँको प्रोत्साहन प्याकेजको हिस्सा हो ।


