सिद्धार्थ बैंकको ९.५ प्रतिशतमा एसएमई कर्जा |
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले एसएमई कर्जा (साना तथा मझौला कर्जा) मा आकर्षक योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकले ९.५ प्रतिशत वार्षिक ब्याजदरमा नै एसएमई कर्जा पाउन सक्नेछन् ।
सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट सम्बन्धित सबै पक्षले लाभ लिन सक्ने बैंकले अपेक्षा लिएको छ ।
यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका साना तथा मझौला व्यवसायहरुलाई टेवा पुर्याउने विश्वास बैंकले लिएको छ ।


