काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित भेटिए, देशभर २१० जना संक्रमित फेला |
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले काठमाडौंका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन । मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।देशभर कोरोनाका २ सय १० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन् ।
यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म १४ हजार २१ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ ।
हाल देशभर ५ हजार २ सय ३ सक्रिय संक्रमित छन् ।



