रिलायबल लाइफका ग्राहकले बीमा प्रिमियम तिर्न बैंक जान नपर्ने |
काठमाडौं । रिलायबल लाइफ इन्सुरेन्सका ग्राहकले बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय जान नपर्ने भएको छ । अब सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ ।
सेलपे सेवाले रिलायवल लाइफ इन्सुरेन्ससँग बीमा प्रिमियमको डिजीटल भुक्तानीको लागि यस्तो सहकार्य गरेको हो ।
सहकार्य सम्झौतामा रिलायबल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे ।
बीमा प्रिमियम तिर्नका लागि सेलपेमा आफ्नो खाता लिंक गरी सजिलै रकम तिर्न सकिने छ। यसका लागि सेलपेमा लगइन गरी बीमा अप्सनमा क्लिक गरेर रिलायबल लाइफ छनौट गर्नुपर्छ ।
आफ्नो पोलिसी नम्बर र जन्म मिति राखेर बीमा विवरण चेक गरेपछि देखाएको प्रिमियमको रकम पे बटन थिचेर आफ्नो बीमा प्रिमियम भुक्तानी गर्नुपर्छ ।


