बाजुरामा हवाई सेवा पुनः सञ्चालन |
काठमाडौं । बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ। वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरूपमा बन्द भएका छन् ।
गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् ।
सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान सुरू भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ ।
कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले आरडिटी अनिवार्य गरेर मास्क, पञ्जालगायत स्वास्थ्य सुरक्षाका प्रयोग गरी उडान सुरू गरिएको बताए ।
आगामी दिनमा पनि सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगञ्ज र सुर्खेत पठाइने बडिमालिका एयर कार्गो सेवा राजा एयरपोट प्रतिनिधि ज्ञानु बमले जानकारी दिइन् ।
बाढीपहिरोका कारण सडक मार्ग अवरूद्ध भइरहेका बेला हवाई सेवा पुनः सञ्चालन हुने देखिएपछि नागरिक खुसी छन् ।
कोरोना संक्रमणबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाएर हवाई सेवा पुनःसञ्चालन भएको र फेरि पनि सुरक्षाका उपायमा हेलचक्र्याइँ गर्न नहुने स्वास्थ्यकर्मीको भनाइ छ ।
विशेष गरेर प्रसूति र अन्य बिरामीलाई सहज हुने भएको छ ।



