वीरगञ्जमा कोरोना संक्रमित वृद्धाको मृत्यु |
वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।
डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।
संक्रमण पुष्टि भएपछि उनलाई बिहिबार कोभिड अस्पतालमा ल्याइएकोमा आइशोलेशनमै उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको सिंहले जानकारी दिए ।
संक्रमित बृद्धाको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको नेपाली सेनाको चन्डीप्रसाद गणका कर्णेल मदनजङ्ग राणाले जानकारी दिएका छन् । शव व्यवस्थापन कहाँ लगेर गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी उनले दिए ।



