“फेयर एण्ड लभ्ली” ब्राण्डलाई नयाँ नाम दिंइदैः ‘फेयर’ हटाएर नयाँ नाममा छिट्टै आउने |
काठमाडौं । युनिलिभर नेपाल (युएनएल)ले ब्राण्ड फेयर एण्ड लभ्लीलाई नयाँ नामसँगै त्वचाको स्याहार सम्बन्धी उत्पादनको पोर्टफोलियोलाई नयाँ चरण तर्फ विकास गर्न सक्षम भएको सार्वजनिक गरेको छ ।
उक्त ब्राण्डले आफ्नो यात्रालाई सुन्दरताको अझ बढी समावेशी दृष्टिकोण तर्फ अग्रसर गराउने लक्ष्यका साथ कम्पनीले ‘फेयर एण्ड लभ्ली’ ब्राण्डको नाममा रहँदै आएको ‘फेयर’ शब्द प्रयोग नगर्ने भएको छ । ‘फेयर एण्ड लभ्ली’ को नयाँ ब्राण्ड नामआवश्यक कानूनी प्रक्रियाहरु पूरा भएपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
विगतका दशकमा फेयर एण्ड लभ्ली ब्राण्डले आफ्ना विज्ञापनहरुद्वारा महिला सशक्तिकरणको पक्षमा आवाज उठाउँदै आएको छ । सन् २०१९ को शुरुवातबाट नै ब्राण्डले आफ्नो सञ्चारलाई त्वचाको सुन्दरता, गोरोपना र चम्किलोपना लगायतका विषयको सट्टा सफा त्वचालगायतका स्वस्थ त्वचाको उचित मापदण्डहरु तर्फ केन्द्रित गरेको छ ।
गोरोपनलाई सौन्दर्यसँग दाँज्ने गरी गरिएको दुई मुहारको तुलनात्मक रुपान्तरण लगायत गोरोपन सम्बन्धी निर्देशहरु रहेका फेयर एण्ड लभ्लीको प्याकेजिङ्गहरु तथा दृश्यावलीहरु समेत युएनएलले हटाउने निर्णय गरेको छ । त्वचाको चमक र व्यक्तिको उपलब्धि, तथा सम्भाव्यता बीच कुनै सम्बद्धता नहुने तथ्यलाई युएनएलले समर्थन गरेको छ ।
युनिलिभर दक्षिण एशियाका अध्यक्षसञ्जिव मेहताले भने, ‘हामीले हाम्रा त्वचा स्याहार सम्बन्धी उत्पादनको पोर्टफोलियोलाई अझ समावेशी बनाइरहेका छौं र सुन्दरताको विविधतापूर्ण चित्रणको उत्सवलाई नेतृत्व गर्न चाहन्छौं । सन् २०१९ मा हामीले फेयर एण्ड लभ्लीको प्याकेजिङ्गबाट गोरोपन सम्बन्धी निर्देशहरुका साथसाथै दुई मुहारको तुलनात्मक रुपान्तरण सम्बन्धीत रचनाहरुलाई हटायौं र ब्राण्डको सञ्चारलाई गोरोपनबाट, ग्लोजुन स्वस्थ त्वचाको उचित तथा समावेशी मापदण्ड हो त्यस तर्फ मोड्यौ । अब हामी हाम्रो ‘फेयर एण्ड लभ्ली’ ब्राण्ड नामबाट ‘फेयर’ शब्दलाई हटाउने समेत घोषणा गर्दछौं । नयाँ नामले कानूनी मान्यता प्राप्त गर्ने प्रक्रियामा छ र परिवर्तित नामसहितको प्याक अबको केही महिनामै बजारमा उपलब्ध हुनेछ ।’
फेयर एण्ड लभ्लीमा भिटामिन बी३, बी६, सी र ई (ग्लिसरीन), युभिए र युभिबी सनस्क्रिनहरु एवं अलन्टोइनको संयोजन पाइन्छन्, जसले त्वचालाई स्वस्थ राख्न रबाह्य आक्रमणकारीतत्वहरु तथावातावरणीय प्रदूषणबाट त्वचाको संरक्षण गर्न मद्दत गर्ने कम्पनीले दावी छ । यो उत्पादनले त्वचाको प्रतिरोधात्मक क्षमता बढाउन, त्वचाको माइक्रोबायोम वृद्धि गर्न, त्वचामा हुन सक्ने अस्थिरता सुधार्न र त्वचाको बनावटलाई सुधार्दै चमक र उज्ज्वलता बढाउने काम गर्दछ ।
फेयर एण्ड लभ्लीमा गरिएको परिवर्तनसँगैं हाम्रा अन्य त्वचा स्याहार सम्बन्धी उत्पादनहरुमा समेत यो सकारात्मक सौन्दर्यको नयाँ दृष्टिकोण प्रतिबिम्बित हुनेछ ।


