शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि बैंक खुला हुने, राष्ट्र बैंकले दियो निर्देशन |
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि शाखा कार्यालय खोल्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले कर संकलनका लागि सार्वजनिक बिदाका दिन तथा शनिबार पनि बैंकहरुलाई शाखा, काउण्टरहरु एवम क्लियरिङ्ग सम्बन्धी कार्य गर्ने काउन्टर खोल्न भनेको हो ।
राष्ट्र बैंकले करदातालाई कर तिर्ने व्यवस्था सहज बनाउनकालागि २०७७ जेठ ३२ सम्म सार्वजनिक बिदामा पनि बैंक शाखा खोल्न निर्देशन दिइएको हो ।
करदाताहरुले २०७६ फागुन र चैत महिनाको बुझाउनु पर्ने कर विवरण आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नु पर्ने कर दाखिला गर्ने मिति असार ७ गतेसम्म समय अवधि तोको छ । यद्यपि सर्वोच्च अदालतले कर तिर्ने व्यवस्था लकडाउन खुल्ला भएको दिन पछिको एक महिना अवधि गराउन सरकारलाई आदेस दिएको छ ।



