थपिए २५० जनामा कोरोना संक्रमित, १८७ जना डिस्चार्ज | संक्रमितको संख्या ४६ सय १४ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।
उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ८६१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसं ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएका छन् ।
यस्तै सप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७र७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४∕४ जना, झापा र सुनसरीका ३र३ जना तथा कपिलवस्तु र बझाङका २र२ मा संक्रमण पुष्टि भएको छ ।
थप १८७ जना डिस्चार्ज
यस्तै पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।
मन्त्रालयकाअनुसार देशभरका आइसोलेसनमा ३ हजार ७३८ जना छन् भने क्वारेन्टिनमा १ लाख ६२ हजार १२ जना छन् । अहिलेसम्म १ लाख १५ हजार ९३० पीसीआर टेष्ट भएको छ भने १ लाख ७८ हजार १४३ आरडीटी टेष्ट भएको छ ।


