२० प्रतिशत नाफा लिएर आरडीटी जाँच गर्न सरकारले दियो अनुमति |
काठमाडौं । सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्दे्शिका पनि जारी गरेको छ । तर, उक्त निर्दे्शिकामा कति शुल्क लिन पाउने भन्ने उल्लेख गरेको छैन् ।
परीक्षणको लागि काठमाडौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने निर्दे्शिकामा उल्लेख छ ।
निजी अस्पतालले २० प्रतिशत नाफा लिएर आरडीटी परीक्षण गर्न पाउने छन । आरडीटीमा पोजेटिभ देखियो भने पीसीआर परीक्षणको लागि सिफारिस गर्नुपर्ने उल्लेख छ ।


