शिखर इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान |
काठमाडौं । कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि खटिएका ट्राफिक प्रहरीलाई शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ।
कम्पनीले काठमाडौ उपत्यकामा खटिने करिब १ हजार ५०० ट्राफिक प्रहरीको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामार्फत स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिम प्रसाद ढकाललाई १,५०० थान फेस शिल्ड, १,५०० थान सेफ्टी गगल्स, १,५०० थान केएन९५ मास्क, ५,००० थान सर्जिकल मास्क र १५० लिटर (३०० बोटल) सेनिटाइजर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
विश्वव्यपी रुपमा फैलिरहेको कोरोना भाइरसको सक्रमण नियन्त्रण कार्यमा ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका रहने हुँदा उनीहरुको व्यक्तिगत सुरक्षाको लागि सो सामाग्रीहरु हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले बताए ।


