कतार एयरवेजले स्वास्थ्यकर्मीहरु लाई निːशुल्क एक लाख टिकट दिने |
दोहा, कतार । कतार एयरवेजले स्वास्थ्य सेवामा अग्रपंक्ति रही कोभिड–१९ महामारीको समयमा स्वास्थ्यकर्मीहरुले पुर्याएको अतुलनीय योगदानको कदर स्वरुप निːशुल्क एक लाख हवाई टिकट वितरण गर्ने घोषणा गरेको छ ।
एयरलाइन्सले दोहाको समय अनुसार मे १२ ००ː०१ बजे देखि मे १८ २३ː५९ बजेसम्म टिकटहरु वितरण गर्नेछ । स्वास्थ्यकर्मीहरुले एयरलाइनको आधिकारिक वेबसाइट मार्फत qatarairways.com/ThankYouHeroes मा फारम भरी दर्ता गर्न सक्नेछन् ।
दर्ता गरिसकेपछि व्यक्तिगत युनिक कोड प्राप्त हुनेछ, जस मार्फत फस्ट कम फस्ट सर्भ आधारमा टिकट वितरण गरिनेछ ।


