नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो |
काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने त्यमध्ये ३३ जना निको भएका छन् ।



