नेपाल डिष्टिलरीजको सामाजिक पहल ː सेवाभावको तस्विर वा भिडियो शेयर गर्दा प्रत्येक पोष्टमा १ हजार जम्मा | उक्त रकम खाँचोमा परेकालाई राहत दिइने
काठमाडौं । विश्व यतिवेला कोरोना भाइरस (कोभिड–१९) को महामारीमा छ । यस्तो वेलामा जो कोहीलाई पनि सहयोगी हात र सहयोगी मनहरुको जरुरत पर्नसक्दछ । वास्तवमा नै अप्ठ्यारोमा परेकाहरुकालागि यस्तो वेला सानो पहलवाट पनि ठूलो सहयोग पुगिरहेको हुन्छ ।
यसै कुरालाई मध्यनजर गर्दै द नेपाल डिष्टिलरीज्ले आफ्नो सामाजिक पहलअन्तर्गत एउटा बिल्कुलै नयाँ अवधारणा अगाडि सारेको छ । बिशुद्ध सेवाभावका हेतुले कम्पनिले ल्याएको यो नयाँ योजना अनुसार सहयोगी मनहुनेहरुले आफू, आफ्ना प्रियजन तथा जो कसैले पनि गरेको सेवाभावको कार्यलाई तस्विर वा भिडियो, जानकारी सहित आफ्नो फेसवुकमा ३तजभलभधदचबखभ लेखी शेयर गरेर अरुलाई पनि प्रोत्साहित गर्न सकिन्छ ।
यसरी पोष्ट गर्दा दी नेपाल डिष्टिलरिज्ले आफ्नो तर्फवाट हरेक पोष्ट बराबर रु १००० का दरले रकम जम्मा गरी २ हप्तापछि खाँचोमा परेका लाई खाद्यान्न तथा औषधीजन्य सामाग्री उपलब्ध गराउने जनाएको छ । दी नेपाल डिष्टिलरिज्को समाजिक पहलअन्तर्गत शुरु गरिएको यो योजनामा सहभागी भई फोटो वा भिडियो पोष्ट गर्ने जो कसैको सानो शुरुवातवाट धेरैले लाभ लिन सक्नेछन् ।
यो योजना अनुरुप जतिधेरै मानिसले फोटो वा भिडियो पोष्ट गर्यो त्यति नै बढी रकम दी नेपाल डिष्टिलरीज्का तर्फवाट जम्मा हुन जान्छ । जुन रकम वास्तविकरुपमा खाँचोमा परेका हरुले प्राप्तगर्ने मौका पाउँछन् । यसर्थ दी नेपाल डिष्टिलरीज्को यो पुनित योजनामा सहयागी वनौं–वास्तवमै खाँचोमा परेकाहरुको खाँचो टार्न सहयोग गरौं ।
दी नेपाल डिष्टिलरीजले भनेको छ, ‘वीरताको अर्थ के हो ? आफूसँग कम हुँदापनि बाँड्न सक्नु, सानो भएपनि बाँड्न सक्नु, सानो भएपनि भिन्नता ल्याउनु, आफूसँग केही नहुँदापनि अरुलाई सहयोगगर्नु, कसैलाई साथ दिनु, अटल भएर बिश्वास गर्नु, निश्वार्थी भएर अरुलाई सहयोग गर्नु र अरुको हेरचाह गर्नु वीरता हो ।’ कम्पनिले यो योजना सामाजिक कार्यका लागि भएको जनाएको छ ।



