ओप्पोको एथ्रीएस नेपाली बजारमा, मूल्य रू. साढे १९ हजार |
काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ मिड–रेञ्ज क्यामेरा फोन एथ्रीएस सार्वजनिक गरेको छ । ओप्पोका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले हिजो मंगलवार उक्त फोन सार्वजनिक गरेका हुन् ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत ट्राओ भने, ‘डुअल क्यामेरा सेटअप, सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमतालगायत अत्याधुनिक फिरसहितको फोन सुलभ मुल्यमा उपलब्धहोस् भन्ने यूवाहरूको चाहनाअनुसार हामीले ओप्पो एथ्रीएस उपलब्ध गराएका हौँ ।’ उक्त फोनमा बिनाकुनै रोकावट तस्वीर खिच्न सकियोस् भन्ने उद्देश्यले शक्तिशाली ब्याट्री जडान गरिएको उनको भनाइ छ ।

दक्षिण एसियाली बजारमा एथ्रीएस १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपीएआई इनेबल्ड फ्रण्ट क्यामेरा तथा सुपर फुल स्क्रिन सुसज्जित ओप्पोको पहिलो उपकरण हो । यो फोनमा २ जीबी ¥याम र १६ जीबी सञ्चय क्षमता छ भने क्वालकम स्न्यापड्रागन ४५० ओक्टा कोर प्रोसेसर र ४२३० एमएएचको ब्याट्री जडान गरिएको छ ।
कम्पनीले यो नयाँ फोनमा आकर्षक युनिकग्लोसी डिजाइनको प्रयोग गरेको हुनाले यसको डिजाइन झट्ट हेर्दा आकर्षक देखिन्छ । यो फोन रातो र डार्क पर्पल गरी दुई भिन्न रङमा उपलब्ध गराएको बताएको छ ।
ओपोले नयाँ स्मार्टफोन एथ्रीएसमार्फत विल्कुलै नयाँ फिचर ‘म्यूजिक पार्टी’ पनि उपलब्ध गराएको छ । यस फिचरको माध्यमबाट हटस्पटमार्फत आ–आप्mनै स्मार्टफोनमा एउटै ट्रयाकको मज्जा लिन सकिने कम्पनीले बताएको छ । यस फिचर मजा लिनका लागि भने कलर ओएस ५.१ वा माथिल्ला ओएस भर्जन हुनु आवश्यक छ ।
यस फोनको बजार मूल्य १९ हजार ४ सय ९० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


