मे ४ देखि इटालीले लकडाउन हटाउन शुरु गर्ने |
कोरोना भाइरसका कारण युरोपमा सबैभन्दा लामो समय लकडाउन भएको इटालीले चरणवद्ध रुपमा यसलाई हटाउँदै लाने घोषणा गरेको छ ।
आइतबार प्रधानमन्त्री प्रधानमन्त्री जुसेपे कोन्टेले मे ४ बाट लकडाउन क्षेत्रगतरुपमा हटाउँदै लैजाने घोषणा गरेका हुन् ।
उत्पादन, निर्माण कम्पनी र केही थोक विक्रेताहरूलाई मे ४ बाट पुनː काम शुरु गर्न पाउनेछन् । त्यसको दुई हप्तापछि खुद्रा विक्रेतालाई खोल्न दिइनेछ ।
यध्यपी रेस्टुरेन्ट र बारहरूलाई जुनको शुरुबाट मात्र पूर्णरुपमा आउनेछन् । दुई महिनाभन्दा अगाडि मिलान बाहिरको एउटा सानो शहरमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएपछि इटाली लकडाउनमा जानुपरेको थियो ।
संकटको दोश्रो चरण अपेक्षा गरिरहेको इटालीले संक्रमणको दोश्रो लहर शुरु नगरी अर्थव्यवस्थालाई पुनː शुरु गर्ने प्रयास गर्नेछ ।
’हामीले जटिल चुनौतीको अपेक्षा गरिरहेका छौ’, मार्चदेखि शीतनिन्द्रा गएका क्रियाकलापलाई पुनː शुरु गर्ने योजना सुनाउँदै कोन्टेले भने, ’हामी भाइरससँगै बाँच्नेछौं र हामीले सम्भव भएसम्मका सावधानीहरू अपनाउनुपर्नेछ ।’


