प्रभु र सेञ्चुरी बैंकको सेवा चार दिनसम्म बन्द हुने
काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेवा चार दिनसम्म बन्द हुने भएको छ । यी दुई बैंकको मर्जरपछि एकिकृत कारोबार गर्ने भएकोले चार दिनसम्मको लागि सम्पूर्ण सेवा बन्द हुने भएको हो ।
आज शुक्रबारदेखि पुष २६ गते मंगलबारसम्म यी दुई बैंकका सम्पूर्ण सेवाहरु (बैंकको प्रधान कार्यालय, शाखा कार्यालय तथा एक्सेन्सन काउन्टरहरुबाट प्रदान गरिने समपूर्ण सेवाहरु एटिएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ समेत बन्द हुने बैंकले सूचना जारी गर्दै जानकारी गराएको छ ।
Visited 3 times, 1 visit(s) today


