हाम्रो स्यानिटाइजर नक्कली हैन ː कायाकल्प उद्योग | कोही पनि पक्राउ परेको छैन
काठमाडौं । विगत दुई दिनदेखि विभिन्न मिडियामा ‘नक्कली स्यानिटाइजर विक्री गर्ने पक्राउ’ भन्ने समाचार आइरहेकोमा हाम्रो कम्पनी नेपाल कायाकल्प उद्योगको गंभिर ध्यानाकर्षण भएको छ । समाचारमा जनाइए अनुसार कोही पनि पक्राउ नपरेको र सेनिटाइजर नक्कली नभएको जानकारी गराउँन चाहान्छौँ ।
यस उद्योगबाट विभिन्न कस्मेटिक सामाग्रीका उत्पादनका साथै इनस्टैण्ड हेण्ड स्यानिटाइजर रि प्याकिङ हुँदै आएको छ । घरेलु तथा साना उद्योगमा दर्ता भएको यस कम्पनीले रि प्याकिङ गरेको सेनिटाइजरको लेबलमा प्रिण्ट त्रुटी भइ केही लेवलहरुमा इथानोल (ethanol ) हुनुपर्नेमा मिथानोल (methanol ) भएको कारणले औषधी व्यवस्था विभागले परिक्षणका लागी प्रयोगशालामा लगेको छ । प्रिण्ट गलत भएपनि स्यानिटाइजरको गुणस्तरमा कुनै पनि फरक नभएकाले कोही पनि भ्रममा नपर्नु हुन अनुरोध गर्दछौँ ।
साथै कम्पनीले गरेको ल्याव परिक्षण रिपार्ट अनुसार इथायल अल्कोहल (ethyl alcohal) नै रहेको हुँदा यसको प्रयोगमा कुनै शंका नगर्नुहुन अनुरोध गर्दछौँ । लेवलमा प्रिण्ट त्रुटि भएका स्याम्पल हामीले बजारबाट उठाइरहेको कुरा समेत जानकारी गराउन चाहान्छौँ ।
समाचारमा उल्लेख भएअनुसार कायाकल्प आवुर्वेद फर्माकी सञ्चालिका भनिएकी रिना ओझा पक्राउ भन्ने कुरा गलत रहेको जानकारी गराउँछौ । ओझा फार्मेसीसँग सम्बन्धित व्यक्ति नै नभएको हुनाले पक्राउ परेको भन्ने आधारवाहिन तथ्य गलत रहेको कुरा उल्ल्ेख गर्न चाहान्छौँ ।



