निप्पोन पेन्ट नेपालको सवारीसाधन पेन्टको बजारमा प्रवेश |
काठमाडौं । कारोबारको आधारमा एसियामा अग्रणी रंग उत्पादक, निप्पोन पेन्टले नेपालको सवारी साधन खरिदपछिको बजारमा आफ्ना रंगहरू उपलब्ध गराउने योजना घोषणा गरेको छ ।
बजार प्रवेश शुभारम्भका अवसरमा कम्पनीको ग्रुप अटोमेटिभ रिफिनिसेसका व्यावसायिक प्रमुख तथा भारतीय सञ्चालनका अध्यक्ष शरद मल्होत्राले भने,’निप्पोन पेन्टले सवारी साधनहरूको बाहृय सतहलाई परिपूर्ण तुल्याउनका लागि जापानबाट नेपालमा नवीतम पेन्ट प्रविधि ल्याएको छ । आउँदो केही महिनाभित्रमा हामी कोटिङका अलावा कारको हेरचाह तथा काठको बाहिरिसतहको लागि उत्पादनहरू ल्याउने छौं । हाम्रो उद्देश्य नेपालमा दिर्घकालीन उपस्थिति जनाउनु हो र हामी नेपालमा उद्योग र उपभोक्ताहरूसँग सबल र सुनिश्चित ढंगको सम्बन्धलाई गहिरो तुल्याउने छौं ।’
भारतीय सञ्चालनका उपाध्यक्ष एलके घोले भने,’यो नेपालमा कार धनीहरूका लागि सम्भाव्य राम्रो समाचार हो किनकी उहाँहरूले आफ्नै घरदैलोमा उचित मूल्यमा उच्च प्रविधिको कार पेन्टको पहुँच पाउने छन । यसका अलावा नेपालका उत्कृष्ट पेन्टरहरूलाई अन्य देशका समकक्षीहरूसँग मिलेर क्षेत्रीय र विश्वस्तरका सीप तालिममा सहभागी हुनकालागि प्रशिक्षित गर्ने र सहजीकरण गर्ने पनि योजना रहेको छ ।’
यो बजार प्रवेशसँगै निप्पोन पेन्टले विश्वका नव(आविष्कार तथा वर्गका उत्कृष्ट (वेस्ट इन क्लास) उत्पादनहरू नेपालमा प्रस्तुत गर्नेछ । निप्पोन पेन्टले वर्षको अन्त्यसम्म ६०० बडी र पेन्ट पसलहरूमा आफ्ना उत्पादन उपलब्ध गराएर कम्तिमा २० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य राखेको छ ।
यसका साथै ५० नयाँ डिलरहरू नियुक्त गर्ने योजना रहेको छ जसमध्य १ वर्ष भित्र कम्तिमा १० डिलरहरु निप्पोनको विशिष्ट रंग मिश्रण प्रविधि (कोर सुपेरियो कलर मिक्सिङ सिस्टम)मा केन्द्रीकृत हुनेछन ।
नेपाल बजारका लागि व्यावसायिक निर्देशक दिवाकर मेहरोत्राले भने,’नेपालले आफ्नो सबल ग्राहक मामिला तथा बडी निर्माता पसल तथा ग्यारेजहरूका कारण सम्भाव्य सबल वृद्धिको सम्भाव्यता प्रस्तुत गर्छ । हामी नेपालको अटोमोबाइल उद्योगका लागि एक सबल र जीवन्त पर्यावरण प्रणाली (इको सिस्टम) निर्माण सुनिश्चित गर्न उद्योगका संगठनहरू र सम्बद्ध सरोकारवालाहरूसँग साझेदारी गर्नेछौं ।’
निप्पोन पेन्टका अटोमेटिभ उत्पादनहरू यसका प्रमुख आयातकर्ता रुची ट्रेडिङमार्फत काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यकाभर उपलब्ध हुनेछ । निप्पोन पेन्टले यस वर्षको अर्द्धवाषिर्क अवधिमा पोखरा, नारायणघाट, बुटबल, विराटनगर, इटहरी र अन्य क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ । हालका लागि अटोमेटिभ रिफिनिसिङ पेन्ट्स र एन्सिलरीहरू सुपेरिओ तथा एन(पावर ब्रान्डमा, गैर(पेन्टजन्य उपभोग्य वस्तु तथा समाधानका लागि एन(फोर्स ब्रान्डमा तथा वानके र एरोसोल उत्पादनहरू पाय्ल्याक् ब्रान्डमा तत्कालै बिक्री तथा प्रयोगका लागि उपलब्ध हुनेछ ।
निप्पोन पेन्ट इन्डिया, अटोमेटिभ रिफिनिस, औद्योगिक तथा साजसज्जा क्षेत्रका लागि उच्च गुणस्तरको पेन्ट्स तथा कोटिङको अग्रणी उत्पादक हो । निप्पोन पेन्ट इन्डिया निप्सिया समूहको एक हिस्सा हो, जसले जापानको निप्पोन पेन्ट्ससहित एसिया(प्रशान्त क्षेत्रमा कोटिङ्गमा यसको सर्वा्धिक ठूलो हिस्सा ओगट्छ तथा कारोबार रकमका आधारमा विश्वकै चौथो ठूलो हो ।
Visited 2 times, 1 visit(s) today


