प्राइम कमर्सियल बैंकको नयाँ शाखा बर्दिवासमा, शाखा संख्या ९८ पुग्यो |
 
                                                                    
                                                                
	काठमाडौं । प्राइम कमर्सियल बैंकले महोत्तरीको बर्दिवास नगरपालिकामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । 
	बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो ९८ औं शाखा कार्यालय संचालनमा ल्याएको हो । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बैंकका संचालक प्रध्यापक डाक्टर मंगला श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन । 
	यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

 
                                                                     
                                                                    