कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतमा सक्न निर्देशन, सुचना सहित |
काठमाडौं । विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा सक्नेगरी सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको छ ।
सो निर्णयबमोजिम गर्ने गराउने कार्यमा सहजीकरण एवं समन्वय गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र स्थानीय पालिकाहरुका सङ्घ, महासङ्घहरुलाई शिक्षा मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय गरिएको छ ।
त्यस्तै कोरोना भाइरस संक्रमणबाट सजगता अपनाउन सभा, समारोह, गोष्ठी, सेमिनार, वार्षिक उत्सव लगायतका भेला हुने प्रकृतिका कुनै पनि कार्यक्रमहरु विद्यालयले आयोजना नगर्न नगराउन पनि सूचित गर्ने निर्णय गरिएको छ ।
यस वर्षको विद्यालय शिक्षा परीक्षा (एसईई) भने ६ चैतदेखि हुँदै छ ।
यस्तो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सुचना



