बैंकर्स संघको ४०औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा रेग्मी
काठमाडौं । नेपाल बैंकर्स संघको ४०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले संघको नयाँ अध्यक्ष, उपाध्यक्ष तथा चार जना कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित गरेको छ।
साधारण सभाबाट ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी संघको अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल उपाध्यक्षमा चयन भएका छन् ।
यसैगरी, कार्यकारिणी सदस्यमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्य, सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे निर्विरोध निर्वाचित भएका छन्।
सल्लाहकार, प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैंक लिमिटेडका सीईओ अशोक समसेर राणा रहेका छन् ।



