सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर, विभिन्न पदमा कर्मचारीको माग
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।
कम्पनीले सूचना जारी गर्दै आफ्ना विभिन्न शाखा कार्यालय तथा मार्केटिङ विभागका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो।
कम्पनीले मार्केटिङ विभागअन्तर्गत म्यानेजर, डेपुटी म्यानेजर र असिस्टेन्ट म्यानेजर पदका लागि कर्मचारी माग गरेको छ। यी पदमा आवेदन दिन बैंकिङ तथा बीमा, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, जनरल इन्स्योरेन्स क्षेत्रमा कम्तीमा ८ देखि १२ वर्षको कार्यअनुभव आवश्यक पर्नेछ।
त्यस्तै, कम्पनीले सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदमा पनि कर्मचारी माग गरेको छ। यी पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने बीमा क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव आवश्यक पर्नेछ।
कम्पनीले सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि पनि आवेदन खुलाएको छ। यी पदमा आवेदन दिन बैंकिङ तथा बीमा, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, बीमा क्षेत्रमा २ देखि ४ वर्षको कार्यअनुभव हुनुपर्नेछ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मिति मंसिर ८ गतेदेखि १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।




