सानिमा बैंकले हरेक नारी बचत खातावापत बैंकको तर्फबाट रु १ विपन्न नारीको लागि उपयोग गर्ने |
 
                                                                    
                                                                
	काठमाडौं । सानिमा बैंक लिमिटेडले सानिमा नारी बचत खाता संचालनमा ल्याएको छ । “बचत आफ्नो लागि सहयोग नारीको लागि” भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खाता वापत बैंकले आफ्नो तर्फबाट मासिक रुपमा रु १ विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्दै आएको छ । 
	महिलाले आफ्नो लागि नारी बचत खाता खोल्दा सो खाताबाट नारीकै हितको लागि रकम प्रयोग गरिने हुनाले हरेक नारीले सानिमा बैंकमा खाता खोल्दा अप्रत्यक्ष रुपमा अन्य विपन्न वर्गका नारीको लागिसहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
	यस सँगै प्रविधियुक्त बैंकिङ्ग तथा नगद रहित कारोबारलाई प्रोत्साहन गर्नको लागि बैंकका नारी खातावाहक ग्राहकले बैंकको डेबिट कार्डबाट बिल भुक्तानी गर्दा हरेक शनिबार १५% क्यासब्याक वा अधिकतम् रु ५०० सम्म छुट प्रदान गर्ने भएको छ । जसबाट हरेक महिना सामान खरिदमा रु २००० सम्म बचत गर्न सकिनेछ । उक्त क्यासव्याक योजना २०७६ फागुनदेखि २०७७ वैशाखसम्म तीन महिनाको लागि लागू हुनेछ ।

 
                                                                     
                                                                    