प्रधानमन्त्री बालेनद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पहार अर्पण गरेका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका हुन् ।
यसअघि प्रधानमन्त्री शाहालाई भारतको राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।
सो क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत उपस्थित भएका थिए ।




